बाँकेका बाढी पीडित शिविरमा दशै पुग्न सकेको छैन

८ आश्विन २०७४, आईतवार १९:०४
 

सदरलाइन / रुद्र सुवेदी
८ असोज, नेपालगन्ज : आँगन मै दशै आई सक्यो सबैले गच्छे अनुसारको किनमेल पनि गरे तर, बाँके राप्ती सोनारी–२ टिकुलीपुर हरलाफाँट बाढी पीडित शिविरमा भने दशैले छुन सकेको छैन् । ‘न बस्नलाई सुरक्षित र ओभानो बास छ न पर्व मनाउनलाई साथमा केही सरदाम छ’– असी बर्षिय मोती बुढाले दुखेसो पोखे ।
दुई छोरा भएपनि एक्लै बस्दै आएका जेष्ठ नागरिक बुढा सुतेको घर गत साउनमा आएको बाढीले बगायो । उनी त्यो सम्झदै भने–‘खोलाको डिल मै घर थियो बाढी आएर घरै लैजान लाग्दा छिमेकीले तानेर बचाएका हुन ।’ उनले आफुसंग भएको अन्नपानी र लत्ता कपडा सबै लगेपछि हरलाफाँट सामुदायिक बनमा पाल टाँसेर बसेका छन् ।
हरेक वर्ष आउने बाढीले आफुहरुलाई सास्ती भएको बताउदै बुढाले आफु बस्ने घर बाढीले बगाएको र घर बनाउने ठाँउपनि नभएको बताए । उनले राज्यले सुरक्षित बासको लागि व्यवस्था गर्नु पर्ने ठाँउमा आफै सुरक्षित भएर बसेकालाई उठेर जाउ भन्दै धम्काउने गरेको दुखेसो
पोखे ।
उमेरले ६० को नेटो काटेकी देवी खनालले आफ्नो जीवनकालमा नै पहिलो पटक यति ठूलो बाढीको कारण सास्ती खेप्नु परेको दुखेसो पोखिन । उनले भनिन–‘बाढीले भएको घर डुवायो ज्यान जोगाउन यो जंगलमा बसेका छौ । आँगन मै दशै आईसक्यो दशैको जमरा राख्ने अन्न र ठाँउसम्म छैन् ।’ उनले जंगलको छेउमा भएको कारण छाडा पशु र जंलगी जनावरबाट समेत बचेर बस्नु परेको दुखेसो पोखिन ।
गत साउन २८ गते आएको बाढीले गाउ नै डुवाउदा सुरक्षित ठाँउ हरला सामुदायिक बनमा अस्थायी टहरो बनाएर उनी सहित सो गाउको ५९ घरधुरी बाढी पीडित बसेका छन । सबैको पीडा र व्यथा उस्तै छ । ‘बाढीले डुवाएको घरमा जाँउ बस्न योग्य छैन सामुदायिक बनको जग्गामा अलि अग्लो ठाँउ खाजेर अस्थायी टहरो बनाएर बसेका छौ यही टहरो पनि बनले ७ दिन भित्र हटाउ भनेर चेतावनी दिएको छ’–उनले आफ्नो पीडा पोखिन ।
तरकारी पकाउन लागेकी उनले ५ जनाको परिवार रातभर सोही टहरो मुनी विताउने गरेको बताईन । ‘सम्पत्ती भएर पनि दैव लागेपछि केही नभएको जस्तो भईयो । यो टहरोमा पनि पानी परे रातभरी पालमा जम्मा भएको पानी फाल्न जाग्राम नै बस्नु पर्छ । आज रातभरी पालो गरेर बसियो’–सुस्केरा हाल्दै आफ्नो बिलौना पोखिन ।
४९ वर्षिया भिमि वलीले २०७१ सालमा आएको बाढीमा पनि जमरा राख्न नपाएको सम्झदै भनिन–‘तीन वर्ष अघि आएको बाढीमा पनि यस्तै भएको थियो त्यति बेला पनि दशै यस्तै अस्थायी टहरो मै बितेको थियो अहिले त झन बाढी पसेको घरभित्र हिलो छ जानै सकिने अवस्था छैन बसेको अस्थायी टहरो पनि भत्काउ भनेका छन् त्रासै त्रासमा बस्नु परेको छ ।’
नजिकै रहेकी ५४ वर्षिया मिना खत्रीले बनले टहरो हटाउ भने पनि आफ्नो जाने ठाँउ नभएकोले टहरो मै जमरा राख्ने तयारी गरेको बताईन । उनले भनिन–‘आफ्नो घर बाढी पसेर भत्केको छ । त्यहाँ बस्ने अवस्थै छैन ९ जनाको परिवार यही टहरो मुनी बसेका छौ । वर्षदिनको पर्व पनि आईसक्यो घरमा जमराको लागि अन्न नभएपनि आफन्त कहाबाट मागेर ल्याएकी छु ।’
राप्ती सोनारी–२ का वडा अध्यक्ष मदनकुमार वलीले आफ्नो वडाबासीको सुरक्षा र उनीहरुको समस्याको समाधानको लागि गाउपालिकाले गम्भीरतापूर्वक लिएको र सो वडाका बाढी पीडितलाई सुरक्षित बसोबासको व्यवस्था नहुँदासम्म नहटाउनको लागि संबन्धित सबै ठाँउमा अनुरोध पठाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले दशैमा ३ हजार खसी संकलन गरी बेच्दैे

८ आश्विन २०७४, आईतवार १९:०४
सदरलाइनडटकम ८ असोज, नेपालगन्ज : सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेले यो वर्षको दशैमा ३ हजार खसी संकलन गरी विक्रि गर्ने लक्ष लिएको जानकारी दिएको छ । संघको विक्रि कक्ष ढकेरीमा हेफर ईन्टर नेशनलका अध्यक्ष तथा कार्यकारी निर्देशक पियर फेरारी सहितको टोली स्थलगत अनुगमन तथा खसी ढुवानी ट्रक हस्तान्त्रण […]

सम्बन्धित