म अरु कोहि हैन

३० जेष्ठ २०७४, मंगलवार १९:३८
 

म एक मान्छे नै हुँ
जसरी तिमी हौ
त्यसरी नै उनी हुन्
र एकताबद्ध बनौ।
म त त्यो हैन
जो तिमी चाहन्छौ।
यो पनि हैन
जो तिमी देख्दछौ।
म आफैमा सिमित छु
जो तिमी देख्दैनौ
जो तिमी भेट्दैनौ।
म त तिम्रो विपरित
कसरी तिमी खुसी हुन्छौ।
म त यहि भन्छु
जुन कुराले मलाई साथदिन्छ।
म त त्यहि गर्छु
जुन कामले मेरो मन मान्छ।
अँ, म तिमी जस्तो हैन
मसँग त्यतिनै कुरा छन्
जो सबै मानवमा छन्।
किनकि
म त कवितामा रमाउने मान्छे
म त शब्दलाई माया गर्ने मान्छे
अक्षरहरू बटुल्ने मान्छे
र शुन्दर कुरा बुनिदिने मान्छे
तिमीले सोचेका कुरा दिन नसक्ने
तर सिङ्गो जगतलाई माया दिने मान्छे
आउ कुरा गर मन भुलाउ
तिम्रो मनको कुरा सुनिदिने मान्छे
थाहा छ तिमीलाई
मलाई अक्षर र शब्दहरूले कवि भन्थे।
– ओमबहादुर बगाले थापा
म्यान्मार बर्मा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घर चुनाव चिन्हमा लड्दै एराप्रपा र राष्ट्रिय जनमुक्ति पार्टी

३० जेष्ठ २०७४, मंगलवार १९:३८
सदरलाइनडटकम  ३० जेठ, नेपालगन्ज : एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र राष्ट्रिय जनमुक्ति पार्टीबीच दोस्रो चरणको निर्वाचनमा नेपालगन्ज उप–महानगरपालिकाको निर्वाचनको लागि गठबन्धन भएको छ । एर्कीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बाँकेका अध्यक्ष तथा केन्द्रीय सदस्य कृष्णप्रसाद खरेल र राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष बलबहादुर रानाले सामुहिक हस्ताक्षर गरि निर्वाचनका लागि तालमेल […]