बाँकेको बेलहरी खुला दिसामुक्त घोषणा (फोटो कथा सहित )

३० चैत्र २०७३, बुधबार १९:२३
 

सदरलाइनडटकम 
३० चैत , नेपालगन्ज : बाँकेको साविक बेलहरी गाविस हाल जानकी गाउपालिकाको ५ नं.वडालाई खुला दिसामुक्त वडाको रुपमा घोषणा गरिएको छ । गाविसका सामाजिक परिचालक, महिला स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रहरीको उपस्थितिमा सो घोषणा गरिएको हो ।
वडा कार्यालय परिसम मै औपचारिकरुपमा आयोजित कार्यक्रमका बीचमा जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले घोषणा गरेका थिए । यो घोषणासंगै बाँकेमा खुला दिसामुक्त गाविसको संख्या ३० पुगेको छ । होलिया, बेतहनी, बनकट्टी र साईगाउ गाविस खुला दिसामुक्त घोषणा हुन बाँकी छ भने नेपालगन्ज उप–महानगरपालिकामा भने चुनौती पूर्ण छ । मध्यपश्चिममा बाँके मात्र खुलादिसामुक्त जिल्ला हुन नसकेको जिल्ला हो ।
स्थानीय विकास अधिकारी चर्पी बनाएर मात्र वडा सरसफाई युक्त नहुने बताउदै मानिसहरुले चर्पीको प्रयोग संगै आफ्नो आनी बानीमा समेत सुधार ल्याउनु पर्ने कुरामा जोड दिए । उनले खुला दिसामुक्त घोषणा भएपछि चर्पीको प्रयोग भए नभएको अनुगमन तथा चर्पी प्रयोगपछि साबुन पानीले हात धुनेजस्ता क्रियाकलापहरु सिकाउदै जानुपर्ने सुझाव समेत दिए ।
सो अवसरमा जिल्ला समन्वय समितिले वडा समितिलाई १ लाख र जिल्ला खानेपानी तथा सरसफाई समितिको तर्फबाट ५० हजार नगद पुरस्कार वडा सचिव गुमानसिंह न्यौपानेलाई हस्तान्त्रण गरिएको थियो ।
मधेशी, मुस्लिम र मधेशी दलित समुदायको बाहुल्यता रहेको सो वडामा ९ सय ७७ घरधुरीमा ५ हजार ३ सय ९१ जना बासिन्दा रहेको बेलहरीमा महिलाको संख्या २ हजार ५ सय ९९ रहेको छ ।
स्वास्थ्य चौकीका ईञ्चार्ज प्रकाश गौतमले स्वागत गरेको कार्यक्रममा जिल्ला स्वच्छता तथा सरसफाई समन्वय समितिका सदस्य सचिव तथा जिल्ला खानेपानी डिभिजन कार्यालयका ईञ्जिनियर राजकुमार चौधरी, सरसफाई विज्ञ तथा एसएनभिका मुकबहादुर खड्का, गविस सचिव हकहित संरक्षण समितिका अध्यक्ष उत्तमसिंह सोणी, महिला स्वयमसेविका तारादेबि हरिजन, जनजारण मञ्चका हेमराज बर्मा, स्थानीय जितबहादुर बर्मा लगायतले शुभकामना व्यक्त गरिएको कार्यक्रममा गाविसलाई खुलादिसा मुक्त घोषणा गराउन खट्ने करिव १ सयलाई प्रशंशा पत्र वितरण गरिएको थियो ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज महोत्सवमा खेलकुदको चर्चा

३० चैत्र २०७३, बुधबार १९:२३
सदरलाइनडटकम  ३० चैत, नेपालगञ्ज :  नेपालगञ्जका खेलकर्मीले अहिलेको विद्यमान खेलकुद ऐनमा परिवर्तन नगरी अब नेपाल खेलकुद विकास सम्भव नहुने सुझाव दिएका छन् । नेपालगञ्ज लिट्रेचर फेस्टिबलको तेस्रो दिन मंगलबार राखिएको खेलकुद र राजनीतिक विषय अन्तरक्रियामा यहाँका स्थायी बासिन्दा समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य विनोद मैनाली, मध्यपश्चिमाञ्चल खेलकुद […]

सम्बन्धित