विभिन्न सचेतनाका कार्यक्रमका साथ बाँकेमा कण्डम दिवस मनाईयो

२८ आश्विन २०७४, शनिबार १९:०४
 

सदरलाइनडटकम 
२८, असोज, नेपालगन्ज : दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौ भन्ने नाराका साथ यो वर्षको कण्डम दिवस विभिन्न कार्यक्रका साथ मनाईएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र स्वास्थ्यको क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरुले कण्डमको प्रयोगले हुनसक्ने विभिन्न यौन रोग र एचआभि एड्सको संक्रमणबाट जोगिने सहज हुने जस्ता सचेतनाका कुराहरु बताएका थिए ।
नेपालगन्जको धम्बोझी चोकमा आयोजित कार्यक्रममा बोल्दै बरिष्ठ जिल्ला जन स्वास्थ्य प्रशाशक तथा कार्यालय प्रमुख खिमबहादुर खड्काले बाँकेमा कण्डम प्रयोग गर्नेको संख्या ५ दशमलभ ०७ प्रतिशत रहेको बताए ।
प्रयोग गर्नको लागि झण्झट मन्ने तथा अन्य विभिन्न अफवाहको कारण कण्डम प्रयोग अत्यन्त कम भए पनि समग्र प्रयोग गर्नेको संख्या बाँकेमा राम्रो रहेको उनले बताए ।
जिल्ला जनस्थास्थ्य तथा विभिन्न संघसंस्थाहरुको पहलमा बाँकेको धम्बोझीचोक, बसपार्क, कोहलपुरको बसपार्क जस्ता स्थानहरुमा विभिन्न ब्राण्डका कण्डमको स्टल राखेर निशुल्क वितरण गरिएको सो कार्यक्रमका फोकल पर्शन रत्नलाल शर्माले जानकारी दिनए ।
बाँकेमा आर्थिक वर्ष २०७३/०७४ असार मसन्तसम्म ५ सय ३५ पुरुष, ४ सय १४ र तेस्रोलिङ्गी १३ जना गरी ९ सय ६२ जनामा एचआइभी संक्रमण देखिएको जिल्ला जनस्थास्थ्य कार्यालय बाँकेका महामारी रोग फोकलपर्शन रामबहादुर चन्दले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार बाँकेमा एचआईभी संक्रमण भएर एआरटी खानेको संख्या ३ सय ९४ जना रहेको र एचआईभी एड्सको कारण बाँकेमा ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको छ ।                                

 


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शैक्षिक महोत्तसवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रम भब्य बनाइने

२८ आश्विन २०७४, शनिबार १९:०४
सदरलाइनडटकम २९ असोज, नेपालगन्ज : नेपालगन्जमा आगामि मंसिरमा आयोजना गर्न लागिएको शैक्षिक महोत्सवको तयारी तीब्र पारिएको छ । ‘सामाजिक रुपान्तरणका लागि शिक्षामा नया“ अभियान’’ भन्ने उदेश्यका साथ नेपालगन्जमा पहिलो पटक आयोजना गर्न लागेको राष्ट्रव्यापी शैक्षिक महोत्सवमा साहित्यीक तथा सांस्कृतिक कार्यक्रमको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा बा“केका साहित्यकार तथा बौद्धिक ब्यक्तित्वहरुसंग […]