पत्रकार चौलागाईलाई पित्रृ शोक

  
  प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४       | 30 Views   ||

सदरलाइनडटकम  
२४ असोज, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष एवम संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईलाई पित्रृ शोक परेको छ ।
पत्रकार चौलागाईका पिता शिवलाल चौलागाईको बर्दियाको राजापुर नगरपालिका–८ आफ्नै घरमा निधन भएको हो । १९९६ सालमा जन्मेका शिवलालका श्रीमती, २ छोरा र ४ छोरी छन् । पत्रकार चौलागाई कान्छा छोरा
हुन ।
मृतक शिवलालको २५ गते असोज बुधबार बिहान राजापुर स्थित कर्णली नदीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २४, २०७४     8:44:09 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *