राजनीतिक ध्रुविकरणमा तेस्रो धार खोज्दै उत्पीडित गठबन्धन, बञ्चितहरुको नेतृत्व गर्ने

२२ आश्विन २०७४, आईतवार १९:४०
 

सदरलाइनडटकम 
२२ असोज काठमाडौं  : मुलुकमा राजनीतिक ध्रुविकरणको नाममा वाम शक्ति र लोकतान्त्रिक गठबन्धन बनेका बेला उत्पिडित वर्गको नेतृत्व गर्ने भन्दै उत्पीडित गठबन्धन अघि सरेको छ । गठबन्धनका प्रमुख तथा बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पाशवानले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै मुलुकका उत्पिडित, पिछडिएका र हेपिएका सबै समुदायको उत्थानका लागि गठबन्धनले मुद्दा उठान गर्ने बताए ।
विचार सिद्धान्त र मुद्धा मिल्ने दलहरुसँग गठबन्धन गर्ने र साझा चुनाव चिन्ह लिएर चुनावमा भाग लिने निर्णय गरेको बताउदै उत्पीडित गठबन्धनले संविधान संशोधनको माग समेत गरेको छ ।
वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको गृहकार्य भएको बेला बहुजन शक्ति पार्टी, नेपाल श्रमिक पर्टी, नेपाल दलित पार्टी, संयूक्त अधिकार मञ्च र संयुक्त मुस्लिम अधिकार मञ्चसहित साना पाँच राजनीतिक दलहरुको साझा गठवन्धनको रुपमा उत्पिडित गठबन्धन घोषणा गरिएको हो ।
भष्ट्रचारीहरुको सम्पति राष्ट्रिय करण गर्नुपर्ने, सरकार जनताको हितमा बन्नुपर्ने, तोकिएको समयमा निर्वाचन हुनुपर्ने, थे्रस होल्डले जनताको मतलाई सम्मान गर्नुपर्ने लगायतका मागहरु लिएर उत्पीडित गठबन्धन राजनीतिक मैदानमा उत्रेको अध्यक्ष पाशवानले जानकारी दिए ।
गठबन्धनले चुनावी तालमेलदेखि पार्टी एकता, चुनावमा साझा उम्मेदवार, साझा घोषणापत्र, एउटै चुनाव चिन्ह जस्ता विषयमा सहमति गरेको छ । त्यस्तै गठबन्धनको समन्वय गर्ने जिम्मा लक्ष्मण बर्देवालाई दिइएको छ ।
तोकिएको समयमा केन्द्र र प्रदेशको निर्वाचन नभए उत्पीडित गठवन्धन आन्दोलनमा उत्रिने चेतावनीसमेत गठबन्धनले दिएको छ । अध्यक्ष पाशवानले लोकतन्त्रको जननि काँग्रेस पार्टी हो भन्दै काँग्रेस सभापति तथा प्रधानमन्त्रीले तोकिएको समयमा चुनाव सम्पन्न गर्नेमा उत्पीडित गठबन्धन विश्वस्त रहेको जानकारी दिए ।
आइतबारको पत्रकार सम्मेलनमा बहुजन शक्ति पार्टीका अध्यक्ष विशेन्द्र पासवानसहित नेपाल श्रमिक पर्टीका अध्यक्ष भुवन सुनार, नेपाल दलित पार्टीका अध्यक्ष मेघबहादुर कामी, संयूक्त दलित अधिकार मञ्च नेपालका अध्यक्ष तारा विक र संयुक्त मुस्लिम अधिकार मञ्च नेपालका संयोजक शोवराती मन्सुरले आफ्नो धारणा राखेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि आठ दिने स्वास्थ्य शिविरको आयोजना गर्दै

२२ आश्विन २०७४, आईतवार १९:४०
सदरलाइनडटकम २३ असोज , नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष कटेका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार गर्नका लागि शिविर सञ्चालन गर्ने भएको छ । मंगलबार असोज (२८) राधापुर स्वास्थ्य चौकीबाट ८ दिने स्वास्थ्य शिविर गरिने सो गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए । जेष्ठ नागरिकहरुको स्वास्थ्यको […]