लयान्सको नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम

२१ आश्विन २०७४, शनिबार १९:०९
 

सदरलाइनडटकम
२१ असोज, नेपालगन्ज  : सामाजिक संघसंस्थाहरुको अग्रणी संस्था लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ बि–२ नेपालका गर्भनर मधुसुदन रिजालले विभिन्न पर्वहरुको अवसर पारेर सामाजिक सद्भाव र भाईचाराको सन्देस दिन नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् ।
नेपालगन्जमा बिभिन्न संघ संस्थाले विजयादशमी लगायत बिभिन्न चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम राख्दै आए पनि डिस्टिक गर्भनर शर्माले आफ्नो निवासमा शनिबार बिभिन्न क्षेत्रका अगुवालाई बोलाएर शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन् ।
सो अवसरमा शर्माले आगामी बर्षदेखि आफुले नियमितरुपमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।
कार्यक्रममा गर्भनर रिजाल, पुर्ब गर्भनर सेम शाक्य र डिस्टिक क्याबिनेट सेक्रेटरी ज्ञानेन्द्र श्रेष्ठले लायन्सले यस क्षेत्रमा गरि रहेको विभिन्न सामाजिक कामका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बाँके क्षेत्र नम्बर १ का सांसद देवराज भार, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति, नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा मगर तथा लयान्स क्लवका डिस्टिक कोषध्यक्ष चिन्तामणी धिताल, एड्भाईजर मुकुट ढकाल, नवराज पराजुली, टिपी न्यौपाने लगायत विभिन्न क्लवका सदस्यहरुको सहभागिता रहेको थियो । लायन्सले विजायदशमी, नेपाल सम्वत, हिजरी सम्वत र छठ पर्वको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजनीतिक ध्रुविकरणमा तेस्रो धार खोज्दै उत्पीडित गठबन्धन, बञ्चितहरुको नेतृत्व गर्ने

२१ आश्विन २०७४, शनिबार १९:०९
सदरलाइनडटकम  २२ असोज काठमाडौं  : मुलुकमा राजनीतिक ध्रुविकरणको नाममा वाम शक्ति र लोकतान्त्रिक गठबन्धन बनेका बेला उत्पिडित वर्गको नेतृत्व गर्ने भन्दै उत्पीडित गठबन्धन अघि सरेको छ । गठबन्धनका प्रमुख तथा बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पाशवानले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै मुलुकका उत्पिडित, पिछडिएका र हेपिएका सबै समुदायको उत्थानका लागि […]