आठसय ग्राम अफिमसहित मौर्य र रैदास प्रहरी नियन्त्रणमा

२१ आश्विन २०७४, शनिबार १४:१२
 

सदरलाइनडटकम
२१ असोज, नेपालगन्ज : संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको प्रहरीको टोलीले ८ सय ग्राम अवैध लागू औषध अफिम सहित दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्ज बाँकेद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा जनाईए अनुसार अफिम सहित नियन्त्रणमा पर्नेहरुमा नरैनापुर गाउपालिका–२ का ४० वर्षिय बिकाउ मौर्य र सोही ठाँउका ५५ वर्षिय बृज बिहारी रैदास रहेका छन् ।
प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर शुक्रबार साँझ साढे ७ बजेतिर नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको जनाएको छ । प्रहरीले उनीहरुलाई काँहाबाट नियान्त्रणमा लिएको भन्ने खुलाएको छैन ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राजपाले पनि ग¥यो उम्मेदवारको नाम सिफारिस

२१ आश्विन २०७४, शनिबार १४:१२
सदरलाइनडटकम २१ असोज नेपालगन्ज : राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले संघ र प्रदेशसभाका लागि उम्मेदवारको नाम टुंगो लगाएको जनाएको छ । गत बुधबारदेखि सुरु भएको जिल्ला कार्य समिति र अध्यक्ष मण्डलको बैठकले शुक्रवार उम्मेदवारको नाम टुंगो लागाउदै सिफारिस गरेको हो । राजपा बाँकेका अनुसार, प्रतिनिधिसभा संघका लागि क्षेत्र नम्बर १ […]