एमाले बाँकेले प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस टुंग्यायो, पार्टी उपाध्यक्ष र सचिव समेत परे सिफारिसमा

१८ आश्विन २०७४, बुधबार १८:५६
 

सदरलाइनडटकम 
१८ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रदेश सभा निर्वाचनको लागि एमाले बाँकेले विभिन्न निर्वाचन क्षेत्रबाट संभावित उम्मेदवारको नामावली सिफारीसलाई तीब्र पारेको छ ।
बाँके निर्वान क्षेत्र नं. ३ (ख) बाट बाबुराम गौतम, पदम धिताल र जैतुन अन्सारीको नाम सिफारिस भएको छ । गौतमले ८ मत, पदम धितालले ७ मत प्राप्त गरेर सिफारिसमा पर्दा अन्सारी निर्विरोध सिफारिस भईन ।
सो क्षेत्रको लागि बाबुरामलाई समर्थन गर्दै युवा नेता भिम ओली पछी हटेका थिए भने होमनाथ सापकोटा र मो. शेर बागवानले ३–३ मत प्राप्त गर्दा बलराम अर्यालले १ मत मै चित्त बुझाएका थिए ।
बाँके निर्वाचन क्षेत्र ३(क) बाट रत्न खत्री र दिपक जिएमले ५–५ मत प्राप्त गरेर सिफारिसमा परेका छन् भने महिलामा एकता शाह निर्विरोध भईन । घननाथ खनाल र टंकरनाथ योगीले ३–३ मत प्राप्त गरेका थिए ।
बाँके निर्वाचन क्षेत्र नं. २ (क) बाट निरक गुरुङ्ग, डम्बर थापा र शान्ति ढकाल सिफारिसमा परेका छन् । गुरुङ्गले १२ मत, थापाले ८ मत ल्याई सिफारिसमा परेका हुन । उनीहरु संग डेकनाथ गौतम र राजेन्द्र मिश्राले प्रतिश्पर्दा गरेका थिए । भने महिलामा ढकाल सर्वसम्मत भईन ।
बाँके निर्वाचन क्षेत्र नं (१) मा बजारु चौधरी, सोहनलाल यादव र लक्ष्मी कुमारी थारुलाई सिफारिस गरेको छ । बजारुले ७ र यादवले ६ मत प्राप्त गरेका थिए भने लक्ष्मी निर्विरोध भएकी थिईन । उनीहरुसंग पदम ओली, तिरथ डाँगी र भरत बुढाथोकीले प्रतिश्पर्दा गरेका थिए ।
क्षेत्र नं. १ (ख) मा भएको निर्वाचनले खिलप्रसाद भुसाल, प्रेम भुुसाल र आरती पौडेलको नाम सिफारिस भएको छ ।
सो क्षेत्रमा सर्वसम्मत हुन नसकेपछि भएको भोटिङ्गमा खिलप्रसादले ६ मत, प्रेमले ४ मत र आरतीले ४ मत प्राप्त गरेका थिए । सो मतदान प्रकृयामा बसन्ती अधिकारीले ३, अब्दुल हुसेन खाँले ३ र गोपाल गिरीले १ मत प्राप्त गरेका थिए ।
बाँके निर्वाचन क्षेत्र नं.२ (ख) बाट दत्तप्रसाद आचार्य, विजय गुप्ता र भुमा पाण्डेको नाम सर्बसम्बतले सिफारिस गरेको छ । नेपालगन्जमा बसेको बैठकले उनीहरुको नाम सर्वसम्मत प्रस्ताब भएको हो ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेले प्रतिनिधि सभाको लागि उम्मेदवार सिफारिस टुंगायो

१८ आश्विन २०७४, बुधबार १८:५६
सदरलाइनडटकम १९ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि एमाले बाँकेले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटी तथा प्रदेस सभाका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारीस गरेको छ । प्रतिनिधि सभाको लागि तीन निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र […]