घटस्थापनादेखि द्वादशीसम्म बाँकेमा सवारी नियम उल्लंघन गर्नेको संख्या करिव ९ सय पुग्यो

१७ आश्विन २०७४, मंगलवार १५:४६
 

सदरलाइनडटकम
१७ असोज, नेपालगन्ज : दशैको घटस्थापनाको दिनदेखि द्वादशीसम्म १२ दिनमा सवारी नियम उल्लघन गरी सवारी चलाउनेको संख्या करिब ९ सय पुगेको तथ्याङ्क बाहिर आएको छ ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा ट्राफिक प्रहरी निरिक्षक होम थापाले सो अवधिमा सवारी नियम उल्लंघन गरी सवारी चलाउने विभिन्न ८ सय ९७ लाई कारवाही गर्दा ५ लाख ३२ हजार ५ सय राजस्व समेत उठाउन सफल भएको जानकारी दिए ।
उनले सो अवधीमा बाँकेमा सडक दुर्घटनाबाट एक जनाको मृत्यु हुनुको साथै ३१ जना घाइते भएको बताए । जिल्ला ट्राफिक कार्यालय बाँकेले दिएको जानकारी अनुसार सो अबधीमा विभिन्न ८ वटा सवारी दुर्घटनाका घटना हुँदा एक जनाको मृत्यु र ३१ जना घाईते भएको हो ।
जिल्ला ट्राफिक कार्यालय बाँकेका ईन्चार्ज तथा ट्राफिक प्रहरी निरिक्षक थापाले सो अवधीमा भएका ८ वटा सवारी दुर्घटनामा सबै भन्दा बढी मोटरसाईकल ६ वटा, ट्रक ४, जीप १ र १ बस साधनसमेत क्षतिग्रस्थ भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी पीडितको हातबाट टिका थापेर दशैं मनाए कांग्रेस नेता सिग्देलले

१७ आश्विन २०७४, मंगलवार १५:४६
सदरलाइनडटकम    १७ असोज, नेपालगन्ज : नेपाली काँग्रेसका नेता नारायण सिग्देलले यसपालीको दशै राप्ती सोनारी–२ का बाढीपीडित शिविरमा पुगेर बाढीपीडितको हातबाट टिका लगाई मनाएका छन् । घरमा आफुले टिका लगाई दिनु पर्नेलाई टिका लगाई दिएर उनी आफु टिका लगाउन बाढीपीडित शिविर पुगेका हुन । बाढि पीडितको घरमा जमराको लागि अन्नको अभाव […]