प्राविधिक पत्रकार संघ बाँकेको अध्यक्षमा नरेन्द्र

९ आश्विन २०७४, सोमबार १७:२९
 

सदरलाइनडटकम 
९ असोज, नेपालगन्ज : बाँकेमा रहेर विभिन्न रेडियो र टेलिभिजनमा कार्यरत प्राबिधिक पत्रकारहरु संगठित भएका छन् । नेपालगन्मा भएको प्राबिधिक पत्रकारहरुको भेलाले रेडियो सद्भावका प्रबिधिक प्रमुख नरेन्द्र सिंहको अध्यक्षतामा प्राविधिक पत्रकार संघ बाँके गठन गरिएको हो ।
सिंहको अध्यक्ष्तामा गठित ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा भेरी एफएममा कार्यरत सुप्रिया शर्मा, सचिवमा टेलिभिजन तथा रेडियो प्राबिधिक अरुण  घिमिरे, सह सचिवमा कोहलपुर एफएमका गणेश बिष्ट र कोषध्यक्षमा नेपालगन्ज  एफएमका प्रेरणा खड्का चयन भएका छन् ।
यसैगरी सदस्यमा कृष्णसार एफएमका योगेश चौधरी, कोहलपुर टेलिभिजनका जीवन अधिकारी, बागेश्वरी एफएमका तारिफ मोहमद र प्रतिबोध एफएमका बिवेक रेग्मी चयन भएका छन् । संघको कानुनी सल्लाहकारमा अधिबक्ता लोकबहादुर शाह तथा प्रेस सल्लाहकारमा पत्रकारमहासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारु र बिशेष सल्लाहकारमा बरिष्ठ प्राबिधिक बिष्णु कँडेललाई लाई चयन गरिएको छ ।
संघले प्राबिधिक पत्रकारको हकहितका क्षेत्रमा पैरवी गर्ने र नयाँ प्राबिधक उत्पादनका लागि तालिम सञ्चालन गर्ने अध्यक्ष सिंहले योजना सनाए । प्राबिधिक पत्रकार संघमा आबद्ध हुन चाहनेलाई सदस्यता शुल्क पाँच सय एक रुपैयाँ तोकिएको अध्यक्ष सिंहले जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पर्वमा सामाजिक सद्भाव कायम गर्न प्रहरी प्रशासनको विषेश तयारी

९ आश्विन २०७४, सोमबार १७:२९
सदरलाइनडटकम     ९ असोज, नेपालगन्ज : हिन्दू समुदायको विजया दशमी र ईस्लाम धर्मावलम्बीको नयाँ वर्षसंगै मोहर्रम पर्वको कारण दुई समुदायबीचमा हुन सक्ने विवाद रोक्नको लागि बाँके प्रहरीले विशेष सावधानी अपनाउने भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले आयोजना गरेको पत्रकार भेटका अवसरमा प्रहरी नायव उपरीक्षक सुधिर राज शाहीले हिन्दू समुदायको […]