खसी व्यावसायी महिला भन्छन ‘चुन्द्रेमुन्दे्र र ठाँउठाँउको अनाबश्यक करले हैरानमा परियो’

९ आश्विन २०७४, सोमबार १६:४६
 

सदरलाइनडटकम 
९ असोज, नेपालगन्ज : सामाजिक उद्यमी महिला जिल्ला सहकारी संघ बाँकेका व्यावसायी महिलाहरु ‘चुन्द्रेमुन्द्रे’ संगै विभिन्न बाहानमा लिईने करका कारण आजित भएको बताएका छन् ।
हेफरको सहयोगमा बाँकेका विभिन्न ग्रामिण क्षेत्रमा महिलाले पालेका खसी संकलन गरेर विक्रि केन्द्र स्थलमा ल्याउदा जिल्ला
समन्वय समितिका नाउमा बाँकेको कोहलपुर चपरगौरी र कुसुममा अनावश्यक सताउने गरेको गुनासो सो संघका जिल्ला अध्यक्ष गंगा शाहले पोखिन । दाङ्गको अमिलिया, भालुबाङ्ग, कपिलबस्तु लगायतको ठाँउमा कुनै न कुनै बाहानामा अनावश्यक पैसा तिर्नु पर्ने नतिरे ट्रक नै हिड्न नदिने गरेको बताईन ।
उनले भनिन–‘जिल्लाबाट बाहिरिने बेलामा मात्र कर तिर्ने हो तर, यहाँ बिक्रि केन्द्रमा ल्याउदा पनि कर तिर्नु पर्ने, ट्रकमा हालेर लैजाँदा पनि कर तिर्नु पर्ने । यो या त्यो बहानामा ठाँउ ठाँउमा तिर्नु पर्ने नतिरे घण्टौ गाडि रोकेर राखिदिने ।’
उनले चुन्द्रेमुन्द्रे र ट्राफिक प्रहरी दुबैले खसी बोकेको ट्रक देख्नै नहुने देख्यो कि पैसातिर्नै पर्ने बाध्यता रहेको गुनासो गरिन । उनले बिक्रि केन्द्रदेखि काठमाण्डौ र पोखरासम्म पुराउदा एक ट्रिपमा ३० हजार बढी चुन्द्रमुन्दे्र र ट्राफिक प्रहरी कर तिर्दा खर्च हुने गरेको जानकारी
दिईन ।
यसैवीच बाँकेका प्रहरी प्रमुख टेकप्रसाद तामाङ्गले कुनै पनि चुन्द्रमुन्द्रेले माग्दैमा त्यस्तो पैसा नदिन र अनाबश्यक सताएमा प्रहरीलाई जानकारी गराउन आग्रह गरे । उनले भने–‘मेरो जानकारीमा थिएन पुनः त्यस्तो खालको समस्या भए नजिकको प्रहरीलाई जानकारी गराउने तत्काल कारवाही हुनेछ ।’
मध्यपश्चिम क्षेत्रीय ट्राफिक कार्यालय कोहलपुरका ईन्चार्ज तथा प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सवारी साधन चलाउदा कुनै पनि गल्ती नगरी ट्राफिक कारवाही नहुने बताए कुनै न कुनै गल्ती भएको कारणले जरिवाना लिनु स्वाभाविक भएको अनावश्यक त्यस्तो कुनै भए आफुले छानविन गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्राविधिक पत्रकार संघ बाँकेको अध्यक्षमा नरेन्द्र

९ आश्विन २०७४, सोमबार १६:४६
सदरलाइनडटकम  ९ असोज, नेपालगन्ज : बाँकेमा रहेर विभिन्न रेडियो र टेलिभिजनमा कार्यरत प्राबिधिक पत्रकारहरु संगठित भएका छन् । नेपालगन्मा भएको प्राबिधिक पत्रकारहरुको भेलाले रेडियो सद्भावका प्रबिधिक प्रमुख नरेन्द्र सिंहको अध्यक्षतामा प्राविधिक पत्रकार संघ बाँके गठन गरिएको हो । सिंहको अध्यक्ष्तामा गठित ९ सदस्यीय तदर्थ समितिको उपाध्यक्षमा भेरी एफएममा कार्यरत सुप्रिया […]

सम्बन्धित