‘सबैको अस्तित्व स्वीकार्न सके सामाजिक सद्भाव कायम हुनेछ’

७ आश्विन २०७४, शनिबार १७:२३
 

सदरलाइनडटकम
७ असोज, नेपालगन्ज : आउँदै गरेका विभिन्न धर्म सम्प्रदायका चाडपर्वहरुमा सामाजिक सद्भाव कायम गर्न बाँकेका नागरिक समाजले अपिल गरेका छन् । बाँकेको राप्तीपारी नरैनापुरमा युएनडिपिको सहयोगमा बास नेपालगन्जले राप्तीपारी क्षेत्रमा सञ्चालन गरि रहेको सामाजिक सद्भाव तथा सामुदायिक सुरक्षा सवलिकरण परियोजना अन्र्तगत सदभावका लागि प्रहरी र नागरिक बिचको अन्तरसम्बाद कार्यक्रमका सहभागी सरोकारवालाले सो कुरामा सहमत जनाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक महेश बिक्रम शाहले आउँदै गरेका चाडपर्बहरु उल्लासका साथ मनाउन आग्रह गरे । उनले भने–‘चाडपर्बहरु बिथाल्ने तत्वहरुका बिरुद्ध सबै मिलेर लागौं ।’
उनले समाजमा केही सिमित व्यक्तिहरुले सामाजिक सद्भाव भड्काउने गरेको उल्लेख गर्दै त्यस्ता तत्वहरुलाई परास्त गर्न प्रहरी र नागरिक बिचको सहकार्य हुनुपर्ने कुरामा जोड दिए । ‘सबै भन्दा पहिले आम नागरिक नेपाली भएको र सबै मिलेर एकले अर्काको अस्तित्व स्वीकार्न सके मात्र समाज बन्ने र समाजमा शान्ति स्थापना हुन्छ’–उनले भने–‘सदियौंदेखि मिलेर बसिरहेको समाजलाई भताभुंग पार्ने तत्व बिरुद्ध नागरिक र प्रहरी सतर्क भएको अगाडी बढ्न आवश्यक छ ।’
कार्यक्रमका अतिथि नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले बिगतका कुराहरु भुलेर कुनै पनि घटना हुन नदिन आम नागरिकहरुलाई आग्रह गरे । जातियता र धार्मिकतालाई भन्दा मानबतालाई बुझि सबै सचेत हुन आग्रह उनले गरे । आउने पर्बहरुमा घटना घटाउने कोही, कसैलाई नछाड्ने उनले बताए ।
ईस्लाम धर्मका मौलाना याकुव खाँले सबै धर्मावलम्विहरुले आआफ्ना चाडपर्बहरुमा सबैलाई बोलाई धार्मिक सहिष्णुता कायम गर्नुपर्ने
बताए । मानबताको भावनाले सबै सामाजिक सद्भावका लागि लाग्नु पर्ने उनले बताए । शान्ति र सद्भावलेनैं समाजलाई समृद्ध बनाउँछ–मौलानाले भने ।
स्थानीय हाजि मुजिमुद्धिन खाँले सामाजिक सद्भावका लागि नेतृत्वपंति जिम्मेवार भएर लाग्नुपर्ने बताए । महेन्द्र माबि मटेहियाका प्राचार्य पेशकार सिंहले सदभावका लागि काँधमा काँध मिलाई अघि बढ्न सबैलाई आग्रह गरे ।
बासका परियोजना संयोजक शम्भु शाही र मटेहिया उपशाखाका अध्यक्ष मकबुल अहमद मुकेरीले सहजिकरण गरेको कार्यक्रममा बासका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पारेका थिए । परियोजना अन्र्तगत बासले राप्तीपारीका ८ वटा साविकका गाविसहरुमा सामाजिक सदभाव कायम राख्न प्रहरी र नागरिकबिच अन्तरसम्बाद कार्यक्रम सञ्चालन गरिरहेको छ ।
यसैगरि बासले नरैनापुर गाउँपालिकाको मटेहियाका बाढीप्रभावितहरुलाई राहत स्वरुप झुल, चाउचाउ, लत्ता कपडा र भाँडाबर्तन बितरण गरेको छ । २७५ जना बाढी पीडितहरुलाई सो राहत सामाग्रि बितरण गरिएको हो । प्रभाबितहरुलाई संघिय प्रहरी ईकाई कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक शाह र मटेहियाका वडाध्यक्ष कृष्णचन्द्र मौर्यले राहत सामाग्रि हस्तान्तरण गरेका थिए । कार्यक्रममा बासका अध्यक्ष मन भण्डारी, कार्यकारी निर्देशक शाह लगाएतको सहभागिता रहेको थियो ।  


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका बाढी पीडित शिविरमा दशै पुग्न सकेको छैन

७ आश्विन २०७४, शनिबार १७:२३
सदरलाइन / रुद्र सुवेदी ८ असोज, नेपालगन्ज : आँगन मै दशै आई सक्यो सबैले गच्छे अनुसारको किनमेल पनि गरे तर, बाँके राप्ती सोनारी–२ टिकुलीपुर हरलाफाँट बाढी पीडित शिविरमा भने दशैले छुन सकेको छैन् । ‘न बस्नलाई सुरक्षित र ओभानो बास छ न पर्व मनाउनलाई साथमा केही सरदाम छ’– असी बर्षिय […]

सम्बन्धित