चालु आर्थिक वर्षको दुई महिनाको भन्सार लक्ष पुग्न सकेन

  
  प्रकाशित मितिः शुक्रबार, अशोज ६, २०७४       | 41 Views   ||

सदरलाइनडटकम
६ असोज, नेपालगन्ज : चालु आर्थिक वर्षको दुई महिनामा नेपालगन्ज भन्सार कार्यालयले लक्ष अनुसारको भन्सार राजस्व संकलन गर्न सकेको छैन । विभागले दिएको लक्ष छ करोडले पुग्न नसकेको हो ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले दुई महिनालाई भन्सार विभागले १ अर्व २५ करोड लक्ष तोकेको भए पनि १ अर्व १९ करोडमात्र भन्सार असुली भएको जानकारी दिए ।
उनले भने, ‘गत वर्षको तुलनामा यो वर्ष विभागले साउन र भदौ महिनाको लागि झण्डै ४३ करोड बढी राजस्व  उठाउने  लक्ष  दिएको भए पनि ६ करोडले लक्ष पुग्न सकेन ।’ उनले गत वर्ष साउन र भदौ महिनाममा ७४ करोड भन्सार राजस्व लक्ष दिएकोमा ९५ करोड उठेको जानकारी दिए ।
उनले वर्षातको कारण आएको बाढीले भारतका विभिन्न स्थानमा राजमार्ग अबरुद्ध हुँदा सामान समयमा आईनपुगेको कारण र गत वर्षको तुलनामा पेट्रलियम पदार्थको आयात साउन महिनामा निक्कै कम भएको कारणले पनि विभागले तोकेको लक्ष पुग्न नसकेको बताए । नेपालगन्ज भन्सार हुँदै पेट्र««ोलियम पदार्थ, सिमेन्टको किलिंकर, चामल, आलु, मेसिनरी पार्टस, आयात हुने गरेको छ ।
उनले खुला सिमाको कारण सिमावर्ती क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रणको लागि कार्यालयलको लागि निक्कै चुनौती भएको भए पनि चोरी निकासी रोक्न र त्यस्तो कार्यलाई निरुत्साहित गर्नको लागि भन्सार राजस्व गस्तीलाई तीब्र पारेको जानकारी दिए ।
भारतमा घरायसी सामान खरिद गर्न जाने नेपाली ग्राहकले व्यक्तिगत र घरायसी प्रयोजनको लागि ल्याएको समानमा समेत भन्सार महशुल यात्रु शाखाबाटै लिने गरेकोले सीमापारी खरिददारी गर्न जानेहरु पनि पहिलाको तुलनामा निक्कै घटेको दावी गरे ।
उनले भन्सारमा भन्सार गराउन भरिने प्रज्ञापन पत्र घरमै बसेर भर्न मिल्ने गरी अनलाई सिस्टम प्रयोग गरिएको साथै प्रज्ञापन पत्र भरेर भन्सार क्लियर भएकोलाई अनलाईन आब्डा वर्ड सिस्टम मार्फत भन्सार विभाग, राजस्व विभागबाट मोनिटरिंग गर्न मिल्ने व्यवस्था मिलाईको जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज ६, २०७४     7:11:27 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *