एक महिने निःशुल्क दिवा बाल स्याहार केन्द्र समापन

५ आश्विन २०७४, बिहीबार २०:०५
 

सदरलाइनडटकम 
५ असोज, नेपालगन्ज : गत साउनको अन्तिम सतामा आएको बाढीका कारण प्रभावित तथा पीडित बालबालिकालाई लक्षित गरी सञ्चालनमा ल्याईएको एक महिने निशुल्क दिवा बाल स्याहार केन्द्रको समापन भएको छ ।
एसओएस बालग्राम नेपाल, महिला तथा बालबालिका कार्यालय बर्दिया तथा बर्दिया जिल्ला प्रशासनको अनुरोध तथा स्वीकृतमा सञ्चालित एक महिने दिवा बाल स्याहार केन्द्र गत भदौ ४ बाट सञ्चालन भएको थियो ।
सो केन्द्र एसओएस बालग्राम नेपालको आपतकालिन कार्यक्रम मार्फत बर्दियामा साउन २८ गते आएको बाढीबाट क्षतिभएको गुलरिया नगरपालिका–८ र ईन्द्रपुर–११ का बासिन्दाका बालबालिकहरुलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।
भादा नदीको बाढीका कारण धेरै धन जनको क्षतिभई अन्न समेत बगाई व्यक्तिहरुको घरमा पानी र हिलो भरिएकाले गुलरिया सडक खण्डमा त्रिपाल टा“गेर समेत बस्नु परेको र भयाभय स्थितिमा बालबालिकाहरु बढी प्रभाभित भई बिभिन्न रोग लाग्ने तथा स्वस्थ्यकर पानी तथा खाद्यान्नको अभाव भई बिभिन्न रोगबाट ग्रसित हुने भएकोले एसओएस बालग्राल नेपालले आफ्ना जिल्ला स्थितका शाखा कार्यालय एसओएस बालग्राम सुर्खेत, एसओएस युवालय नेपालगज र सामाजिक सेवा केन्द्र बर्दियालाई निरिक्षण गर्न लगार्ई आवश्यक परियोजनाद्वारा सो स्थानमा आपत्कालिन सहायता कार्यक्रम अन्र्तगत १ महिने बाल स्याहार केन्द्र स्थापना गरिएको थियोे ।
बाल हेरचाह केन्द्रमा २ वार्डका स्थानीय बासिन्दाका सम्र्पूण घर धुरी सर्वेक्षण गरी २ देखि ५ वर्षका बालबालिकाहरुको स्याहार गर्ने कार्यक्रम अन्र्तगत ४७ बालबालिकाहरुको केन्द्रले सेवा दिएको थियो ।
स्याहार केन्द्रका प्रमुख उदेश्य आफ्ना अभिभावकले पानी तथा माटो थुपारिएको घर र अन्न बगाएर लगेकोले प्रयाप्त खानाको अभाव भएकोले संस्थाले आपत्कालिन कार्यक्रम मार्फत त्यहा“ आउने बालबालिकाहरुलाई बिभिन्न रोगबाट बचाउन तथा प्रयाप्त पोशक तत्वका भोजनको व्यवस्था गरिनुका साथै बालशिक्षा सञ्चालन गरी दैनिक अतिरितm क्रियाकलाप मनोरजन,गीत नाच सिकाई सहयोग गर्ने लक्ष्य रहेको थियो ।
दिवा स्याहार केन्द्रमा एसओएस सामाजिक केन्द्र बर्दियाकी ईन्चार्ज शान्ता थापाले बच्चाहरुको बालमनोगत रुपमा हेरचाह तथा बिकासमा सहयोग गरेकी थिइन भने एसओएस बर्दिया र सुर्खेतका कर्मचारीहरुले साना केटाकेटीहरुको खानपान तथा स्याहारमा मद्दत गरेका थिए । त्यस्तै गरी एसओएस युवालयका युवा तथा युवतीहरुले बालबिकासका प्रयाप्त शैक्षिक सामाग्री, भवनको सरसफाईमा सहयोग गरेका थिए । १ महिने दिवा स्याहार केन्द्र बर्दिया जिल्लाको मुतिm नारायण बृद्धाश्रम भादा नदीको घाटस्थित भवनमा सञ्चालन गरिएको थियो ।
यस कार्यक्रमलाई लक्षित गरी एसओएस बालग्राम सुर्खेत र धनगडी बालक्लब, एसओएस नेपालगंजको युवा क्लब तथा लायन्स क्लब अफ नेपालगञ्ज सेन्टल तथा लायन्स क्लब नेपालगञ्ज युथले बिभिन्न सामाग्रीहरु बालबालिकहरुलाई उपलब्ध गराउनु भएको थियो । यसरी एसओएस स्वास्थ्य केन्द्र बर्दियाले बाल बिशेसज्ञ तथा मेडिकल अफिसर मार्फत निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गरी २ सय ४ जनाको स्वास्थ्य परीक्षण गरी रु. ३७ हजार ५ सय बराबरको निःशुल्क ओषधी उपलब्ध गराएका थिए । कार्यक्रममा एसओएस बालग्राम नेपालले आपतकालिन कार्यक्रम अन्र्तगत रु २ लाख ४० हजार बराबरको खर्च गरिएको थियो । एसओएस बालग्रामले यस कार्यक्रम अन्र्तगत देशको अन्य क्षेत्रमा भुकम्प पिडितहरुको लागि घर निर्माण तथा स्कूल भवनकार्य गरिरहेको छ । साथै आयआर्जनको लागी निःशुल्क लगानी पनि गरिरहेको एसओएस युवालय नेपालगन्जका नायब निर्देशक तुलाराम बिश्वासले बताउनु भएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चालु आर्थिक वर्षको दुई महिनाको भन्सार लक्ष पुग्न सकेन

५ आश्विन २०७४, बिहीबार २०:०५
सदरलाइनडटकम ६ असोज, नेपालगन्ज : चालु आर्थिक वर्षको दुई महिनामा नेपालगन्ज भन्सार कार्यालयले लक्ष अनुसारको भन्सार राजस्व संकलन गर्न सकेको छैन । विभागले दिएको लक्ष छ करोडले पुग्न नसकेको हो । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले दुई महिनालाई भन्सार विभागले १ अर्व २५ करोड लक्ष तोकेको भए […]