परिवार नियोजन दिवस मनाईयो

२ आश्विन २०७४, सोमबार १९:०३
 

सदरलाइनडटकम
२ असोज, नेपालगन्ज : व्यवस्थित परिवार, स्वास्थ्य र विकासको आधार भन्ने नाराका साथ सोमबार नेपालगन्ज उप–महानगरपालिकाको आयोजनामा चौथो परिवार नियोजन दिवस मनाइएको छ ।
कार्यक्रममा बोल्दै मेयर डा धवल शमशेर राणाले परिवार नियोजन सुन्ने र सुनाउने विषय मात्र नभई स्वयं लागु गर्ने विषय भएको बताए । उनले नियोजनको महत्वका साथै यसको प्रभावकारी प्रयोगतर्फ तर्फ केन्द्रित हुन सबैलाई आहवान गरे ।
उप–महानगरपालिका उपमेयर उमा थापा मगरले नियोजनको सहज सेवाले जीवनस्तर सुधार र सहज हुने विश्वास व्यक्त गरिन । कार्यकारी अधिकृत भिमबहादुर कुवरले नगर स्वास्थ्य तथा परिवार नियोजन सेवा प्रभावकारी बनाउन हर सम्भव पहल भइरहेको दावी गरे ।
परिवार नियोजनबारे आयुर्वेद प्रमुख डा भक्तबहादुर केसीको प्रस्तुती रहेको थियो भने वडा अध्यक्षहरुका तर्फबाट ओमकारनाथ मिश्रले शुभकामना व्यक्त गरेका थिए । स्वास्थ्य सम्वद्ध संस्था, स्वास्थ्यकर्मी सहभागि कार्यक्रममा नगरमा सवै भन्दा बढी ७३ प्रतिशत परिवार नियोजन साधन प्रयोग दर पु¥याउन सफल उदयपुर हेल्थ पोष्ट इन्चार्ज टेकबहादुर केसीलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । नगरमा १२ वटा हेल्थ पोष्ट रहेका छन् । कार्यक्रममा स्वागत मन्तव्य सरोज शाहले गरेका थिए ।


नेपालगन्जमा विपद व्यवस्थापन समिति

प्राकृतिक विपदको सहज सामनाका लागि नेपालगन्जमा जलवायु अनुकुल योजना तथा विपद व्यवस्थापन समिति निर्माण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले विपद विज्ञ, वडा अध्यक्षसहितको संमिति निर्माण गरेको हो ।
अक्सफामसँगको सहयोग तथा बिगु्रपसँगको सहकार्यमा नगरमा शहरी केन्द्रका लागि उत्थानशिलता अभिवृद्धि र जलवायु परिवर्तन अनुकलन कार्यक्रम सञ्चालनमा छ । सरकारको स्थानीय विपद जोखीम व्यस्थापन योजना तर्जुमा निर्देशीका अनजुसार यो समिति निर्माण गरिएको हो ।
प्राकृतिक आपत्कालिन खोज तथा उद्धार पुर्व तयारीका लागि यस अघि नै उपमहानगरपरिसरमा क्षेत्रीय स्तरको भण्डारगृह पनि सञ्चालनमा छ । नेपालगन्जमा आज आयोजित एक समारोहबीच उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाको संयोजकत्वमा उपमेयर उमाथापा मगरसहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र सम्वद्ध विज्ञ, सम्वद्ध संस्था सदस्य रहने गरि समिति निर्माण गरिएको हो । समितिले जलवायु अनुकल विकास संरचना, योजना र बातावरण सिर्जना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिभिएनकी पुष्पा भईन मिस कलेज–२०१७

२ आश्विन २०७४, सोमबार १९:०३
सदरलाइनडटकम ३ भदौ, नेपालगन्ज :  नेपालगन्जमा नाईल ईभेन्ट एण्ड म्यानेजमेन्ट आयोजना गरिएको मिस कलेज–२०१७ को उपाधी जिभिएन माविकी पुष्पा उपाध्यायले हात पारेकी छन् । बाँकेमा रहेका विभिन्न कलेजहरुमा अध्ययन गर्ने किशोरीहरु प्रतिस्पर्दी हुने गरी पहिलो पटक आयोजना गरिएको सो प्रतियोगितामा विजेता उपाध्यायले २ लाख ७० हजार मूल्य बराबरको स्कुटर र […]