जनमत रक्तदानको ३४ औं श्रृङ्लामा ४५ जनाले गरे रक्तदान

३० भाद्र २०७४, शुक्रबार १८:५४
 

सदरलाइनडटकम  
३० भदौ, नेपालगन्ज : नेपालगन्जबाट नियमित रुपमा प्रकाशित हुँदै आएको जनमत अद्र्धसाप्ताहिक पत्रिकाद्वारा त्रैमासिक रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन् । जनमत अद्र्ध साप्ताहिक पत्रिकाले हरेक तीन–तीन महिनामा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।
जनमत अद्र्धसाप्ताहिक पत्रिकाले आप्mनो रजत वर्षको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि नियमित रुपमा त्रैमासिक रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको हो । सो त्रैमासिक रक्तदान कार्यक्रममा सञ्चारकर्मी, व्यवसायी, शिक्षक, कर्मचारी लगायतका एक महिला सहित ४५ जना स्वयम्सेवी रक्तदाताहरुले रक्तदान गरेका हुन् ।
आफ्नो पत्रिकाको रजत वर्ष प्रवेशको अवसरमा मानवकल्याणकारी काम पनि गर्ने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रम पछि रगतको अभावमा छट्पटिएका विरामी र आफन्तहरुको बढ्दो मागलाई मध्यनजर गरेर यो कार्यक्रमलाई त्रैमासिक रुपमा निरन्तरता दिने निर्णय गरिएको जनमतका सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।
सो कार्यक्रमलाई निरन्तरता दिंदै आज ३४ औं श्रृङ्खलामा आइपुग्दासम्म करीब ७ सय भन्दा बढीले रक्तदान गरिसकेको जनमत अद्र्ध साप्ताहिक पत्रिकाका सम्वाददाता तथा कार्यक्रम संयोजक पवन जायसवालले जानकारी दिए ।
संयोजक जायसवालका अनुसार नेपालकै सबभन्दा बढी रक्तदान गर्ने गोपी नाथ वैश्यले १ पिन्ट रगत दिएर रक्तदान कार्यक्रमको शुभारम्भ गरेको कार्यक्रमको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नागरिक दैनिक पश्चिमेलीका सम्पादक कलेन्द्र सेजुवाल, महासंघका निवर्तमान केन्द्रीय सदस्य झलक गैरे, शिक्षाविद् डा. राजेश केशर खनाल, नापी कार्यालय बाँकेका नापी अधिकृत जनकराज ओझाले रक्तदान गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित मध्यपश्चिम क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, रविन्द्र कुमार मिश्र, होमराज गिरी लगायतले प्राविधिक सहयोग गरेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यसरी गरियो भारतीय राजदूत पुरीको नेपालगन्जमा स्वागत (फोटो कथा)

३० भाद्र २०७४, शुक्रबार १८:५४
सदरलाइनडटकम १ असोज, नेपालगन्ज : भरातीय राजदूत मन्जीव सिह पुरीलाई नेपालगन्ज उद्योग बाणिज्य संघले आईतबार स्वागत सम्मान गरेको छ । निर्धारित समय भन्दा करिव सवा घण्टा ढिलो आई पुगेका राजदूत पुरीले आफु आउनमा ढिलो हुनुको कारण जाहज ढिलो आएको कारण बताउदै आफ्नो सम्बोधन सुरु गरेका थिए । उनले भारत नेपालको […]