नेपालगन्जमा स्वयंसेवी रक्तदाता भेटघाट

२९ भाद्र २०७४, बिहीबार १७:१२
 

सदरलाइनडटकम
२९ भदौ, नेपालगन्ज : नेपालगन्जमा स्वयंसेवी रक्तदाताहरु बीच भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उत्कृष्ट पुरुष रक्तदाता गोपीनाथ वैश्यको उपस्थितिमा आयोजित कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु बीच रक्तदाता बढाउनका लागि उत्प्रेरणामूलक कार्यक्रमको आवश्यकता बारे चर्चा गरिएको थियो ।
गोपीनाथ वैश्यले मात्रै नभई उनको परिवारले समेत नियमित रक्तदान गरेर समाजलाई रक्तदान तर्फ उत्प्रेरित गरेको धारणा राखिएको थियो ।
वैश्यले १ सय ५१ पटक रक्तदान गरिसकेको तथ्यांक रहेको क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छन् । गोपिनाथका भाई, छोरा, श्रीमति लगायतले हालसम्म ३ सय ६७ पिन्ट रक्तदान गरिसकेका छन् ।
गोपिनाथका भाईहरु मुरारीलाल वैश्यले ५२ पटक, गिरधारी लाल वैश्यले ६३ पटक, वनवारीलाल वैश्यले ५९ पटक र बाबुलाल वैश्यले १२ पटक रक्तदान गरिसकेका छन् । गोपिनाथकी धर्मपत्नी लक्ष्मी देवी वनियाले १९ पटक, छोरा दुर्गेश कुमार वनियाले ५ पटक, शिवकुमार वनियाले ६ पटक रक्तदान गरिसकेको समाजसेवी माधवराम बर्माले क्षेत्रीय रक्त सञ्चार केन्द्रको तथ्यांकलाई उदृधृत गर्दै जानकारी दिएका छन् ।
२१औं शताब्दीको नेपालमा उत्कृष्ट रक्तदाता पुरुष श्री गोपिनाथ वैश्य व्यानरमा रक्तदाता भेटघाट कार्यक्रम आयोजना गरिएको थियो ।

 


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

द्वन्द्वपीडित तथा एकल महिलालाई राज्यका सबै निकायमा समावेश गराउन माग

२९ भाद्र २०७४, बिहीबार १७:१२
सदरलाइनडटकम      ३० भदौ, नेपालगन्ज : द्वन्द्व पीडित तथा प्रभावित महिलालाई राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चिता गर्ने नीतिगत व्यवस्था हुनु पर्ने माग गरिएको छ । द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेद्वारा नेपागन्जमा सञ्चलन गरेको निष्पक्ष परियोजनाको बारेमा जानकारी दिने तथा द्वन्द्व पीडित तथा प्रभावित महिलाहरुको विभिन्न मुद्दाको विषयमा सञ्चार पैरवी […]