पर्वहरु नजिकिदै गर्दा बाँके र बर्दियामा अपराधिक गतिविधि बढ्दो

२४ भाद्र २०७४, शनिबार १८:५९
 

सदरलाइनडटकम
२४ भदौ, नेपालगन्ज :  पर्वहरु नजिकिदै गर्दा बाँके र बर्दियामा विभिन्न खाले अपराधका घटना घट्न थालेका छन् । नेपालगन्जमा उप–महानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष प्रमोेद रिजालको घरमा शुक्रबार राती चोरी भएको छ ।
धम्बोेझीमा रहेको नेपाल प्रहरीको व्यायामशाला नजिकै रहेको वडा अध्यक्ष रिजालको घरमा राखेको मोटरसाईकल चोरी भएको हो । रिजालले प्रयोग गर्ने भे २ प ४३६६ नम्बरको मोटरसाइकल घरकोे गेटभित्र राखिएकोे रातो होण्डासाइन मोेटरसाइकल चोरी भएको वडा अध्यक्ष रिजालले जानकारी दिए ।
यसैगरी बाँके प्रहरीले २ सय ५० ग्राम चरेस र १ थान भरुवा बन्दुक सहित कोहलपुरबाट एक जनालाई नियन्त्रणमा लिएको छ । कोहलपुर नगरपालिका–८ बस्ने ४८ वर्षे तेजबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको विशेष टोलीले बस्नेतको घरमा खानतलासी गर्दा घरबाट बन्दुक र चरेस फेला परेकोले बस्नेतलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।
यसैबीच क्षेत्रीय अनुसन्धान ब्यूरो (आरआईटी) नेपालगन्जको टोलीले बर्दियाबाट चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ । गुलरीया नगरपालिका–७ मा रहेको विजया गेष्ठ हाउसको कोठा नम्बर २१७ बाट ८ फिट ३ इन्च लामो बाघको छालासहित २ जनालाई आरआईटीको टोलीले नियन्त्रणमा लिएको हो ।
बाघको छालाको कारोवार भइरहेको छ भन्ने सुचना पाएपछि आरआईटी नेपालगन्जका प्रहरी निरीक्षक अरुण सिंहको नेत्तृवमा गएको टोलीले होटेलमा छापा मारेर छाला सहित २ जनालाई नियन्त्रणमा लिएको हो । छाला सहित पक्राउ पर्नेमा बाह्रबर्दिया नगरपालिका–९ बस्ने ६३ बर्षिय रबहादुर शाही र बासगढी नगरपालिका १ बस्ने ५२ बर्षिय जितबहादुर देवकोटा रहेको आरआईटीले जनाएको छ । छाला सहित पक्राउ परेका दुवै जनालाई आरआईटीले थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय बर्दियालाई बुझाएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैदेशिक रोजगारको कारण परिवार नै असुरक्षित

२४ भाद्र २०७४, शनिबार १८:५९
सदरलाइन /रुद्र सुवेदी २५, भदौ, नेपालगन्ज :  असुरक्षित बैदेशिक रोजगारको कारण परिवार नै असुरक्षित हुने नेपालगन्जमा आयोजिक कार्यक्रमका सहभागिले औल्याएका छन् । साथी संस्था नेपालगन्जले प्लान नेपालको सहयोगमा स्थानीय तहका उपाध्यक्ष तथा उप मेयरलाई लक्षित गरी आयोजना गरिएको मानव बेचविखन तथा ओसारपसार ऐन यसको प्रभावकारी कार्यान्वयन विषयक अन्तरक्रियाका सहभागिले सो […]

सम्बन्धित