बाँकेमा पनि मनाईयो विश्व प्राथमिक उपचार दिवस

२४ भाद्र २०७४, शनिबार १४:२४
 

सदरलाइनडटकम 
२४ भदौ, नेपालगन्ज : ‘घरेलु दुर्घटनामा प्राथमिक उपचार’ भन्ने मुल नाराका साथ शनिवार बाँकेमा विश्व प्राथमिक उपचार दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बर महिनाको पहिलो शनिवारका दिनलाई विश्वभरी नै प्राथमिक उपचार दिवस मनाउने परम्परा अनुसार बाँकेमा पनि सो दिवस मनाईएको हो ।
सो दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा आइसा मदरसा बनातमा प्राथमिक उपचारको बारेमा अभिमुखीकरण गरिएको छ । कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावक लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखा कार्यसमिति सदस्य सनतकुमार रेग्मीले हरेक व्यक्ति आ आप्mनो घरमा प्राथमिक उपचारको सामग्री सहित किट बाकसको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए ।
नेरेसो बाँके शाखाका कार्यालय प्रमुख निरञ्जना मल्लले आजको दिन विश्वभरी नै यो दिवस मनाइरहेको सन्र्दभमा प्राथमिक उपचारको ज्ञान र सीपको विकास हुनु आवश्यक रहेको कुरा औल्याईन ।
नेरेसो सामुदायिक विकास समितिका संयोजक दुःखीराम लोनियाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आइसा मदरसा बनातका कोषाध्यक्ष मोहम्द आलमिन राई, शिक्षक, शिक्षिक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने अभिमुखीकरण कार्यक्रमको सहजीकरण रेडक्रस बाँकेका प्राथमिक उपचार प्रशिक्षक प्रहलाद विश्वकर्माले गरेका थिए । फोटो ः प्रहलाद विश्वकर्माको फेशबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हज कमिटीका अध्यक्ष सुहेवको चरम बदमासी, फिंगर प्रिन्ट र रकम बुझाएका पनि जान पाएनन्

२४ भाद्र २०७४, शनिबार १४:२४
सदरलाइन / रुद्र सुवेदी   २४ भदौ, नेपालगन्ज : केन्द्रीय हज कमिटीका अध्यक्ष सुहेव अहमद र अन्य पदाधिकारीको मनोमानी र बदमासीका कारण बाँकेका १० जना हजयात्री यो वर्ष साउदीको मक्कामदिनामा जान नपाउने भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरी फिंगर प्रिन्ट र पैसासमेत बुझाइसकेको अवस्थामा उनीहरू मक्कामदिना जान नपाउने भएका […]