राहत पुग्न थाल्यो बाढीले डुबेको गाउमा

३० श्रावण २०७४, सोमबार १८:३६
 

सदरलाइनडटकम
३० साउन, नेपालगन्ज : बाँकेमा आएको बाढीले गाउँबस्ती जलमग्न भएपछि गासबास बिहीन हुन पुगेका बिभिन्न क्षेत्रका बाढी पीडितलाई राहत सामाग्री पु¥याउन थालिएको छ । सोमबार चिउरा, चाउचाउ, चीनी, पानी, जीवनजल र केही औषधी लिएर नेपाली सेनाको हेलिकप्टरले राहतको सामाग्री बोकेर बाढी प्रभावित बस्तीमा पुगेको हो ।
सोमबार मात्र हेलिकप्टर खाद्यान्न बोकेर आएको देख्ने बित्तिकै हेलिकप्टर नजिकै पुगेका नरैनापुरका मतिन खाँले बाढीको पानी पसेर सबै सक्किएको बताए । उनले भने–‘आज तीनदिन पछि बल्ल केही खानेकुरा पाईने भयो ।’
राहत बोकेको हेलिकप्टर बस्ती तिर आएको देख्ने बित्तिकै बाढीपीडितहरु राहत लिन दौडिए र आएका थिए । डुवान प्रभावित क्षेत्रमा राहत सहित हेलिकप्टर पुग्दा सयौ बाढी पीडित गासबासको प्रतिक्षामा थिए ।
बाँकेको भोजभगवानपुरका नन्के तिवारी चारैतिर पानी भरिएर आफुहरु थुनिएको बताए । उनले बाढी पस्ने वित्तिकै आफु जोगिए पनि खानेकुरा र लगाउने कयपडा जोगाउन नसकेको बताए । मटेहियाका दिनेशकुमार यादवको पीडा पनि त्यस्तै छ । घरमा खानको लागि राखेको अनाज बाढीले बगायो आफु लगायत ९ जनाको परिवार भने तीनदिनदेखि भोकभोकै रहेको बताउछन् ।
मध्यपश्चिमान्चल क्षेत्रीय सुरक्षा समितिले बा“के, बर्दिया, दाङ, सुर्खेत र सल्यानका बाढी तथा पहिरो पीडितका लागि बा“केको राँझा स्थित नेपाली सेनाको चार बाहीनी व्यारेकबाट उद्दार र राहत कार्य सञ्चालन गर्दै आएको भए पनि डुवानमा परेको ती दिन बितिसक्दा पनि सबैतिर राहत सामाग्री पुग्न सकेको छैन ।
डुवान प्रभावित क्षेत्र निकै ठूलो भएकाले साधान स्रोतअभाव भएको छ । तर पनि सैनिक अधिकारीले बाके र बर्दियाका करिब ३ हजार पीडितलाइ उद्धार गरेको बताएका छन् । फोटो : रुद्र सुवेदी  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढी पसेको गाउँमा अन्न कुहिन थाल्यो राहतको अत्तोपत्तो छैन

३० श्रावण २०७४, सोमबार १८:३६
सदरलाइन / रुद्र सुवेदी  ३० साउन, होलिया (टेपरी) : चारदिन अघिदेखि आएको बाढीका कारण राप्ती र डुडुवा नदीको किनारका बस्तीको जनजीवन प्रभावित बनेको छ । खानेपानीको स्रोत दुषित हुनुको साथै घरमा भएको अनाज भिजेर टुसाउदै कुहिन लागेको छ । डुडुवा गाउपालिका–१ टेपरीका जितबहादुर मौर्यले गत शुक्रबार आएको बाढी गाउमा बसेर […]