भारतीय चर्चित कलाकार रीमा लागुको निधन

४ जेष्ठ २०७४, बिहीबार १८:२९
 

सदरलाइनडटकम,   भारतीय चर्चित कलाकार रीमा लागुको ५९ वर्षको उमेरमा हृदयघाटका कारण मुम्बईमा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
छातीमा समस्या भएपछि मुम्बइस्थित अम्बानी अस्पतालमा उपचारका लागि उनलाई लगिएको थियो ।

उपचार कै क्रममा उनको निधन भएको हो । उनका श्रीमान् विनय वायकुलले स्थानीय सञ्चार माध्यामलाई रीमाको उपचारको क्रममा निधन भएको जानकारी दिएका थिए ।


मराठी, हिन्दी चलचित्रका साथै टेलिभिजनको दुनियाँमा उनी निकै लोकप्रिय रहेकी थिईन । ‘मैने प्यार क्यू किया, आशिकी, साजन, हम आपके है कौन, वास्तव, हथियार, हम साथ साथ हे, जिस देस मे गंगा रहेते है’ लगायतका चलचित्रमा उनले काम गरेकी छिन् । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित रोकाय पक्राउ

४ जेष्ठ २०७४, बिहीबार १८:२९
 सदरलाइनडटकम  ४ जेठ, नेपालगन्ज : बाँके प्रहरीले कोहलपुरका एक युवकका साथबाट २ पुडिया ब्राउन सुगरसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बिहीबार साँझ पौने ५ बजे सीमावर्ती रुपैडिहाबाट नेपालगन्ज आउदै गर्दा नेपालगन्जको जमुनाह चेक प्वाईन्टमा चेक जाँच गर्ने क्रममा कोहलपुर–१२ का २२ बर्षिय शक्ति रोकायको […]