भेरीका ५ जिल्लाबाट  दुईकिलो ब्राउन सुगर बरामद

७ जेष्ठ २०७४, आईतवार १८:४३
 

सदरलाइनडटकम 
७ जेठ, नेपालगन्ज : चालु आर्थिक वर्षको १० महिनामा भेरी अञ्चलका पाँच जिल्लाबाट प्रहरीले बरमद गरेको लागु औषधको तथ्याङ्क हेर्दा डरलाग्दो अवस्था रहेको छ ।
अञ्चल प्रहरी कार्यालय भेरीले दिएका पछिल्लो गत बैशाख महिनासम्ममा विभिन्न व्यक्ति र स्थानबाट पक्राउ गरेको ब्राउन सुगरमात्र २ किलो २५ ग्राम रहेको छ । खुला सिमाको कारण लागू औषधका तस्करहरु विभिन्न तौर तरिका अपनाउदै सजिलै नेपाल भित्र्याउने गरेको भए पनि प्रहरीको सक्रियतामा नियन्त्रणमा लिने गरिएको छ ।
यसैगरी बितेका १० महिनामा नै प्रहरीले नाईट्रोजोपाम ट्याब्लेट ३ सय २०, कोरेक्स १ लिटर ७ सय मिलि लिटर २ सिसि, अफिम २ किलो ५ सयग्राम, गाँजा ११ किलो, चरेश १७ किलो ३ सय ५५ ग्राम नियन्त्रणमा लिन सफल भएको छ ।
नेपालबाट भारततर्फ अफिम, गाँजा, चरेश लैजाने र भारतबाट ब्राउन सुगर, कोरेक्स, नाईट्रोजोपाम, स्मैकजस्ता प्राण घातक लागू औषधहरु खुल्ला रुपमा रुपैडिहाबाट खरिद गरी नेपाल भित्रिने गरेकोले प्रहरीको लागि ठूलो चुनौती भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सडक दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर

७ जेष्ठ २०७४, आईतवार १८:४३
सदरलाइनडटकम ८ जेठ, नेपालगन्ज  : आईतबार राती सुर्खेतरोडमा भएको सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका सह–प्रवक्ता तथा मुद्दा फाँट ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार पुष्पलाल चोक नजिकै प्रहरी गुल्मको अगाडि भएको दुर्घटनामा परेर […]