मोक्ष र यशका लागि नेपालगन्जको बागेश्वरी मन्दिरमा यसरी छेडियो जिब्रो (फोटो फीचर)

२३ चैत्र २०७३, बुधबार १८:०२
 

रुद्र सुवेदी / सदरलाइन          
२३ चैत, नेपालगन्ज : हिन्दू समुदायको दोस्रो ठूलो पर्व चैते दशैको अन्तिमदिन रामनवमीमा नेपालगन्जको बागेश्वरी मन्दिर हिन्दू धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्दा यश र मोक्ष प्राप्त हुने मान्यतामा वर्षौदेखि जिब्रो छेडेर दर्शन गर्ने चलन चलि आएको छ । बडा दशै झै परेवाको दिनदेखि नै चैते दशै मनाउने परम्परा रहे अनुसार यो वर्ष पनि धेरैको संख्यामा हिन्दू धर्मावलम्बीले बागेश्वरी मन्दीर दर्शन गर्नुको साथै जिब्रो छेडेर समेत दर्शन गरेका छन् ।
चैतेदशै सुरु हुने परेवाको दिनदेखि नै निराहर ब्रत बसेको पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि नै चलि आएको हिन्दू धर्मगुरु तथा बागेश्वरी मन्दीरका मुल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।
सामाजिक सद्भाव क्षेत्रीय समिति बाँकेका संयोजक तथा शान्ति दूत समेत रहेका उनले भने–‘ मेरो यो काम पुराहोस भनेर भाकल गरेकाहरुको भाकल पुरा भएपछि जिब्रो छेड्ने गरिन्छ तर, भाकल सामाजिक भलो हुने तथा सकारात्मक कुराहरुको हुनु प¥यो अरुलाई हानी हुने खालको भाकल भने पुरा हुनै सक्दैनन । त्यसैले यहाँ जिब्रो छेडेर दर्शन गर्नेहरुको भिड रहन्छ ।’
उनले नवरात्रको ब्रत बसेका ब्रतालुहरु नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेडेने परम्परा रहेको र हरेक वर्ष करिव १ सय ५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेकोे बताए । उनले भने–‘यहाँ जिब्रो समेत काटेर मातालाई चढाउने गरिएको मैले नै देखेको छु । तर, जिब्रो काट्दा केही दुर्घटना हुनसक्ने भएकोले जिब्रो काट्नलाई रोक लगाएका छौ ।’ उनले जिब्रो काटेर चढउनेहरुको जिब्रो पलाएको समेत दावी गरे ।
उनले भने–‘ वडादशैंमा भन्दा पनि चैतेदशै अर्थात रामनवमीका दिन जिब्रो छेड्नेहरुको संख्या बढी हुन्छ ।’ हिन्दू धर्मावलम्बीहरुले नेपालगन्जको बागेश्वरी मन्दिरमा दशै र चैतै दशै दुबैमा बक्यकी देवि बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्दा मोक्ष पाईने दावि छ ।
हातमा त्रिशुल लिएर थरथरी काँपी रहेका बर्दिया बेलवाका ७५ वर्षिय तेजराम महावत (मंगता) ले जिब्रो छेडेर बागश्वरी मन्दीरको परिक्रमा गर्दै दर्शन गरे । उनले आफु सानै उमेरदेखि निरन्तर चैतेदशैको रामनवमीमा ब्रत बसेर जिब्रो छेड्दै आएको बताए । उनले भने–‘म सानै छँदा बुवा र काकासंग मन्दीरमा आएको थिए उहाँहरुले छेडेको देखेर मलाई पनि छेड्न मन लाग्यो त्यतिबेलादेखि अहिलेसम्म निरन्तर जिब्रो छेड्दै आएको छु ।’ उनी विरामीको कारण बडा दशैमा जिब्रो छेडेर माताको दर्शन गर्न आउन नसकेको बताए ।
उनका साथमा रहेका बर्दियाका गेदवका ६० वर्षिय लक्षुराम मगन्ता र भारत नानपाराका मैकुलालले पनि जिब्रो छेडेका छन् । उनीहरु सबैले आफ्नो जीवनकालको यो उमेरसम्म आईपुग्दा सयौपटक जिब्रो छेडेकोको बताए । तीनै जनाले एकै स्वरमा भने–‘देविले आर्शिबाद दिएमा एकै दिनमा ४०–५० पटकसम्म छेडेर देविको दर्शन गर्ने गरेका छौ ।’


रामनवमीमा निराहार ब्रत बसेर नवमिको दिन बागेश्वरी मन्दिरमा जिब्रो छेड्नाले घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षाहुने, यश र मोक्ष पाईने धार्मिक विश्वास रहेका कारणले गर्दा जिब्रो छेड्ने चलन परापूर्वकालदेखि नै चल्दै आएको मान्यता छ ।
नेपालगन्जमा रहेको वागेश्वरी मन्दिरमा हरेक वर्ष जिब्रो छेडने परम्परा नै बनि सकेको छ । खासगरी अवधी र केहि थारु समूदायका व्यक्तिहरुले वडा दशै र रामनवमिमा नौ दिनसम्म निराहार ब्रत बसेर जिब्रो छेड्दा घरमा दुःख विमार नलाग्ने, सम्पत्तिको रक्षहुने यशमोक्ष पाईने धार्मिक कथन अनुसार सानैदेखि आफूले जिब्रो छेड्ने गरिन्छ ।



जिब्रो छेड्नेहरु हरेक वर्ष आफनो घर परिवारको सुःख, शान्ति, स्वस्थ्यको साथै धन आर्जन गर्नको लागि विशेष भाकल गर्ने र सो भाकल पुरा गर्न दशै सुरु हुने दिनदेखि निराहर ब्रत बसेर नवमिको दिन पाँँच पटकसम्म जिब्रो छेड्ने गर्छन् । अचम्म यो छ उनीहरुले जिब्रो छेड्दा रगत देखिदैन ।
उनीहरुले छेड्न एउटै धतुको सियो प्रयोग गर्ने र छेडिसकेपछि पानको पात चबाउने गर्छन यसले ईन्फेक्सन नहुने विश्वास छ धार्मिक परम्परा अनुसार बगेश्वरी मंदिरमा पुजापाठ गर्नेहरुको भिडभाड निकै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जयसपुरका ५१ मुस्लिम युवा एकीकृत राप्रपा राष्ट्रबादीमा

२३ चैत्र २०७३, बुधबार १८:०२
सदरलाइनडटकम   २३ चैत, नेपालगन्ज : स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा बाँकेमा रहेका राजनीतिक दलहरु युवालाई आ–आफ्नो पार्टीमा प्रवेश गराउनेको घुईचो लाग्ने गरेको छ । यसक्रममा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का केन्द्रीय सदस्यहरुको पहलमा बुधबार स्थानीय जयसपुरका युवाहरुको भेलाले ५१ जनाको राष्ट्रिय प्रजातन्त्र युवक संगठन गठन गरिएको छ […]