पतिको यतानाको कारण आत्मदाहको प्रयास गरेकी अनिसाको उपचारको क्रममा मृृत्यु, आरोपी पती प्रहरी नियन्त्रणमा

१९ माघ २०७३, बुधबार १२:५१
 

सदरलाइनडटकम  
१९ माघ, नेपालगन्ज : गत माघ ६ गते राती नेपालगन्ज–१२ खटिकनपुरुवाकी २३ वर्षीया अनिसा खटिक माथि आगजनी गर्ने उनका पती राजेन्द्र खटिक नेपाल भारत सिमा क्षेत्रबाट प्रहरी नियन्त्रणमा परेका छन् । घटनाको दुई हप्तापछि राजेन्द्रलाई प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक टेकप्रसाद राईले सो घटनापछि लगत्तै फरार रहेको राजेन्द्रको खोजीमा खटेको प्रहरीको स्पेशल टोलीले नेपाल–भारत सिमा क्षेत्रको गाउबाट नियन्त्रणमा लिएको जानकारी दिए ।
पीडित अनिसाले आफ्नै श्रीमान राजेन्द्रले दिनहुँ मदिरा सेवन गरी कुटपिटमा उत्रने राजेन्द्रको यातना सहन नसकेपछि आत्मदाहको प्रयास गरेको बयान दिएको भए पनि घटनामा उन कै पति राजेन्द्रले उनीमाथि आगजनी गरी फरार रहेको आशंकामा प्रहरीले राजेन्द्रको खोजी गरी रहेको थियो ।
जलेर गम्भीर घाइते भएकी अनिसाको बेहोस अवस्थामा भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचारपछि सोहीदिन साँझ थप उपचारको लागि काठमाण्डौ पठाईएको भएपनि उनको उपचारको क्रममा गएराती शिक्षण अस्पताल काठमाण्डौमा निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक राईले जानकारी दिए ।
‘घाइतेको गएराती उपचारको क्रममा मृत्यु भएको जानकारी आएको छ । आगजनी गरेको अभियोगमा फरार रहेको राजेन्द्र प्रहरी नियन्त्रणमा लिन बाँके प्रहरी सफल भएको छ’–एस्पी राईले भने । उनले प्रहरीले घटनाको मुख्य दोषि नियन्त्रणमा परेको र घाइतेको समेत उपचारको क्रममा मृत्यु भएकोले अनुसंधानलाई अत्यन्त शुष्म तरिकाले सुरु गरिएको दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरस्वती पुजा ‘वसन्त पञ्चमी’

१९ माघ २०७३, बुधबार १२:५१
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना। या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।१।। नेपालीमा यसको अर्थ “जो विद्याकी देवी भगवती सरस्वती कुन्दको फूल, चन्द्रमा, हिमराशि र मोतीको हारको जस्तो श्वेत वर्णको हुनुहुन्छ र जो श्वेत वस्त्र धारण गर्नुहुन्छ, जसको हातमा वीणा(दण्ड शोभायमान छ, […]