सहयात्रा साहित्यिक समुहको रचना वाचन अभियानको श्रृखला–३

१२ पुष २०७३, मंगलवार १३:१७
 

सदरलाइनडटकम 
१२ पुस, नेपालगन्ज  : नेपालगन्जमा रहेका युवा साहित्यकारहरुको समुह सहयात्रा साहित्यिक समुहले वुधवार रचना वाचन अभियानको श्रृखला–३ सम्पन्न गरेको छ । नेपालगन्जका विभिन्न कलेजहरुमा गई विद्यार्थीहरु संगै रचना वाचन सुन्ने रसुनाउने अभियान अन्र्तगत वुधवार भएको कार्यक्रममा कविद्धय पुर्ण समिर महतारा र वीपी अस्तुको संयुक्त रचना वाचन गरीएको छ ।
नेपालगन्जको महेन्द्र बहुुुमुखि क्याम्पसमा भएको कार्यक्रममा कविद्वयले आफ्ना उत्कृष्ठ एक दर्जन रचनाहरु सुनाएका थिए । सहयात्रा रचना वाचन अभियानले आयोजना गरेको तेस्रो रचना वाचन श्रृंखलामा कविद्धयले आफ्ना रचना सुनाएका हुन् । नेपालगन्जमा रहेका कविहरु र क्याम्पसमा अध्ययनरत ४ सय भन्दा बढि विद्यार्थीहरुमाझ सो वाचन कार्यक्रम भएको हो ।
महतारा र अस्तुसँगै क्याम्पसमा अध्ययनरत २० जना विद्यार्थीहरुले पनि आफ्ना रचनाहरु सुनाएका थिए । महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा साहित्यकारहरु खगेन्द्र गिरि कोपिला, जेबि अनुरागी, अमृत ढकाल निर्जन, धिरेन थापा अनुपम सहित दुई दर्जन साहित्यकार र क्याम्पसमा रहेका सबै विद्यार्थी संगठनका प्रतिनिधीको पनि सहभागिता रहेको थियो ।
सहयात्रा साहित्य समुहले अहिले नेपालगन्जका कलेजहरुमा गई रचना वाचन कार्यक्रम आयोजना गर्ने र कलेजमा रहेका नयाँ स्रष्टाहरुलाई हौसला प्रदान गर्ने गरेको कार्यक्रमका संयोजक हरिप्रकाश भण्डारीले जानकारी दिनुभएको छ । सहयात्राले यसअघिका श्रृंखलामा कवि भिष्म उप्रेती र हरिप्रसाद तिमील्सिनाको एकल कविता वाचन कार्यक्रम पनि गरेको थियो ।


निशु जोशीको सहयोगमा 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शिक्षा अधिकार र सशक्तिकरणका लागि छात्रालाई साईकल बितरण

१२ पुष २०७३, मंगलवार १३:१७
सदरलाइनडटकम     १३ पुस, नेपालगन्ज : माईती नेपालको अधिकारका लागि साईकल परियोजना अन्तर्रगत विपन्न र जोखिममा रहेका छात्राका लागि २० थान साईकल वितरण गरिएको छ । माईती नेपाल नेपालगन्जले बाँकेको कोहलपुरमा आर्थिक अबस्था कमजोर रहेका, बालबिवाहको उच्च जोखीममा रहेका, घरबाट विद्यालय टाढा भई विद्यालय जानका लागि समस्यामा परेका, अभिभावक गुमाएका […]

सम्बन्धित