दाह संस्कारका दुइ विचित्र परम्परा

२० असार २०७३, सोमबार १४:०८
 

सदरलाइनडटकम :top-5-weird-rituals-5दुनियामा कतिपय यस्ता अनौठो परम्पराहरु छन् जसका बारेमा सुन्दैमा जिउ सिरिंग हुन्छ । मान्छे मरिसकेपछि गरिने अन्तिम संस्कार (दाह संस्कार)का परम्पराहरु क्तिपय यस्ता छन् की विश्वासै गर्न गाह्रो हुन्छ ।

    कही मान्छेको लासलाई खुल्ला ठाउँमा फ्याँकिन्छ भने कतै लासलाई काटेर गिद्धलाई खुवाइन्छ ।
नेपालको हिमाली क्षेत्रमा बस्ने डोल्पो जातिका साथै तिब्बत, चीनको किंघाइ तथा मंगोलियामा समेत कतिपय समुदायले मानिस मरिसकेपछि उसको लासलाई काटेर खुल्ला चौरमा राखि गिद्धलाई खुवाउँछन् ।

   लासलाई काटेर गिद्धलाई खुवाउने बेला सबै आफन्त भेला भएका हुन्छन् । बज्रायन बौद्ध धर्मावलम्बीहरुमा यस्तो परम्परा हुन्छ । यसबाट मानिसको देह आत्मामा परिणत हुने विश्वास
गरिन्छ ।
यसैगरी इण्डोनेसियामा एउटा यस्तो आदिवासी सम्प्रदाय छ जसको मृत्युसंस्कार पनि अनौठो छ । मानिस मरिसकेपछि सो  सम्प्रदायमा लासलाई मानिसहरुले आफैसँग राख्दछन् । जिउँदो मानिस सरह नै खाना खुवाइदिन्छन् ।


top-5-weird-rituals-

इण्डोनेसियाको टोराजा सम्प्रदायमा यस्तो परम्परा रहेको छ । यो समुदायले मृत्युपछि पनि जिवन हुन्छ भन्ने विश्वास गर्दछ ।

मरेका मानिसहरुलाई पनि जिउँदो सरह व्यवहारगरिन्छ । मरेका मानिसहरुलाई बेला बेलामा चिहानबाट निकालेर खाना खुवाइन्छ र आफुसँगै राखिन्छ पनि । एजेन्को सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

२० असार २०७३, सोमबार १४:०८
सदरलाइनडटकम : गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको […]